You are viewing the translated version of परीक्षाको पर्यवेक्षण.

Section 26
परीक्षाको पर्यवेक्षण
(१) परिषद्ले दफा २२ बमोजिम मान्यता प्रदान गरिएको शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य उपाधिको लागि सम्बन्धित शिक्षण संस्थाबाट लिइने परीक्षाको पर्यवेक्षण गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिमको परीक्षा पर्यवेक्षण गर्नको लागि आवश्यकता अनुसार परिषद्ले पर्यवेक्षक नियुक्त गरी पठाउन सक्नेछ .।
(३) उपदफा (२) बमोजिम नियुक्त गरिएका पर्यवेक्षकले आफूले निरीक्षण गरेका परीक्षाको सम्बन्धमा परिषद्ले तोके बमोजिमको विवरण खुलाई परिषद्‌ समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ ।
(४) उपदफा (२) बमोजिम नियुक्त गरिएका पर्यवेक्षकले परीक्षामा कुनै किसिमको हस्तक्षेप गर्न पाउने छैन।